
तानसेन। सिद्धार्थ राजमार्गको हिउँदेखोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको तानसेन बुटवल सडक खण्ड अन्तरगत तिनाउ गाउँपालिकास्थित हिउँदे खोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
निरन्तरको वर्षासंगै पहिरो खसेर उक्त राजमार्गको अन्य स्थानमा समेत पहिरो खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार सिद्धबाबा क्षेत्रमा खसेको पहिरो पन्छाए एकतर्फी रुपमा सवारी सञ्चालन भएपनि हिउँदेखोलामा पहिरोले राजमार्ग अवरुद्ध बनेको छ ।
सडक डिभिजन पाल्पाको पहलमा पहिरो पन्छाएर सवारी आवागमन गराउने तयारी भएको प्रहरीले जनाएको छ ।