
तानसेन। पाल्पामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रामपुर नगरपालिका वडा नंं ८ खोरिया घाटमा अन्दाजी ३५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार खोरियाघाटस्थित कालीगण्डकी नदी किनारमा उक्त पुरुष मृत अवस्थामा फेला परेका हुन्।
उक्त घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसन्धान अधिकृतसहित इलाका प्रहरी कार्यालय रामपुरको टोली खटिएको प्रहरीले जनाएको छ ।