
तानसेन। नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटी पाल्पाको अध्यक्षमा अशोक कुमार शाही चयन भएका छन् । पार्टीको सचिवालयको विस्तारित बैठकले रिक्त अध्यक्ष पदमा तानसेन नगरपालिकाका पूर्व प्रमुख शाहीलाई मनोनित गरेको हो।
बैठकले उपाध्यक्षमा मोहनलाल गैरे, महिला उपाध्यक्षमा बिनिता लुइँटेल, सचिवमा जगन्नाथ नेपाल , उप-सचिवमा कमल सेन, उप-सचिवमा कमल रायमाझीलाई सर्वसम्मत चयन गरेको छ ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष सोम प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकले रिक्त पदहरु पूर्ति गरेको समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले जानकारी दिए ।
यस अघिका जिल्ला कमिटी अध्यक्ष कमलप्रसाद पाण्डेयको हृदयधातका कारण निधन भएपछि रित्त रहेको अध्या पदसंगै अन्य पदमा समेत हेरफेर गरिएको नेकपा एस पाल्पाले जनाएको छ ।
पार्टीको विस्तारित बैठकले लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेय, केन्द्रीय सदस्य यादव बहादुर रायमाझी, पूर्व मन्त्री रमा घर्तीलगायतले सम्बोधन गरेका थिए ।