रिब्दीकोटको खस्यौलीमा उपभोक्ता समितिलाई तालिम

तानसेन। पाल्पाको रिब्दीकोट गाउँपालिकाको वडा नं. ३ को खस्यौलीमा योजनाको काम गर्ने उपभोक्ता समितिलाई तालिम दिइएको छ । वडा नं ३ को आयोजनामा भएको तालिममा चालु आर्थिक वर्ष २०८०।०८१ लागि रकम विनियोजना भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई टोलमै पुगेर तालिम दिइएको हो ।

उक्त वडाका उपभोक्ता सिमितले योजना संचालनदेखि सम्पन्न भएको प्रतिवेदन पेश गरी फरफारक गर्दासम्म गर्नुपर्ने कार्यबारे जानकारी तालिम दिइएको थियो ।

एक दिने तालिममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल, योजना शाखा प्रमुख काशिनाथ आचार्य, प्राविधिक शाखा प्रमुख इ. श्री पुरन कार्कीलगायतले बोलेका थिए।

उक्त तालिम वडा अध्यक्ष नारायण बहादुर केसी अध्यक्षता सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया