
तानसेन।पाल्पाको जोर्तेमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छ्न। बुटवलबाट दिगाम जाँदै गरेको बा १६ च ४३७३ नम्बरको स्कार्पियो जिप जोर्ते नजिकै आज दुर्घटना भएको हो ।
उक्त जिपमा सवार ६ जना घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरीले जनाएको छ।
घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उक्त दुर्घटना जोर्ते लुहुङ्ग खण्ड अन्तर्गत तानसेन नगरपालिका वडा नम्बर १२ मा पर्ददछ।
जिपको इन्जिन फेल भएर सडकदेखि करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए।
घटनास्थल नजिकै केहिदिन अघि पनि जिप दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।