रामपुरका दुई स्वास्थ्य संस्थालाई नगरपालिकाद्धारा एम्बुलेन्स हस्तान्तरण

पाल्पा ।  रामपुर नगरपालिकाले गाँडाकोट स्वास्थ्य चौकी र गेझा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिकाले खरिद गरेको तथा नगरपालिकाको मातहतमा रहेको एम्बुलेन्स स्वास्थ्य चौकीहरुलाई सोमबार एम्बुलेन्स प्रदान गरेको हो ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा र उपप्रमुख बालकुमारी थापाले एम्बुलेन्सको चावी प्रदान गरी एम्बुलेन्स हस्तानान्तरण गरेका हुन्।
गाँडाकोट स्वास्थ्य चौकीको लागि रामपुर १ का वडा अध्यक्ष कपिल बहादुर खाँण, गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिवुर रहमान शेख र चालकलाई, गेझा स्वास्थ्य चौकीको लागि रामपुर १० का वडा अध्यक्ष तोयानाथ सारु थापा, गेझा स्वास्थ्य चौकीका प्रमुख विक्रम भण्डारी र चालकलाई प्रदान गरिएको थियो ।
एम्बुलेन्स हस्तान्तरण गर्दै नगर प्रमुख थापाले नगरबासीको स्वास्थ्य प्रति नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले स्वास्थ्य समस्या भएको बेला उपचारका लागि अस्पतालसम्म पुग्न सहज होस भन्ने उद्देश्यले एम्बुलेन्स सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरेको उल्लेख गरे।
नगरका हरेक नागरिकलाई सहज र सर्वसुलभ रुपमा अस्पतालसम्म पुग्ने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध भएर  बताउँदै नगरप्रमुख थापाले आगामी दिनमा आवश्यक वडा र स्वास्थ्य संस्थाहरुलाई पनि एम्बुलेन्स वितरण गरिने जानकारी दिए।

तपाईको प्रतिक्रिया