‘परदेशी–२’ को नयाँ गीत, हिजाे काम, आज काम..(भिडियाेसहित)

पाल्पा। पाल्पामा जन्मिएका गायक, सर्जक तथा निर्माता नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ को नयाँ गीत सार्वजनिक गरिएको छ। बडादसैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम, आज काम बिदेशमा ’ बोलको गीत सार्वजनिक गरिएको हो।

‘हिजो काम…’लाई स्रोता एवं दर्शकले रुचाएका छन् । पत्रकार सतीश चापागाईँको रचना रहेको यस गीतमा चलचित्रका अभिनेतासमेत रहेको प्रशान्त तामाङको स्वर छ ।

गीतलाई बिबी अनुरागीको सङ्गीत र एरेन्ज तथा  श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलियालगायतलाई प्रस्तुत गरिएको छ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको ‘परदेशी–२’ मा प्रकाश र दिलीपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ।

गीतकार रमेश बिजीको लेखन रहेको चलचित्रले उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीको कथा समेटिएको छ। अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाको कथाव्यथालाई समेत यस चलचित्रमा प्रस्तुत गरिएको छ।

हेर्नुहाेस् गीतकाे भिडियाेः

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer