तानसेन। पाल्पाली युवा गायक तथा सर्जक पुरुषोतम गैरेले दशैं विशेष गीत बजारमा ल्याएका छन् । चाडपर्वका बेला परदेशीनु परेका नेपालीको बेदनालाई समेटेर ल्याएको गीत धेरै स्रोता दर्शकले मन पराएका छन् ।

परदेशी‘ नाम दिइएको उक्त गीतमा गैरेसंगै महिला आवजमा लक्ष्मी खड्काले स्वर दिएकी छिन् । आफ्नै लय र शब्द सिर्जना रहेको गीतको भिडियोमा गैरेसंगै मोडल सारिका के.सी. को अभिनय रहेको छ ।

गीतलाई गैरेले आफ्नै युट्युव च्यानलमार्फत बजारमा ल्याएका हुन् । काजिश श्रेष्ठको निर्देशनमा भिडियोको छायाँकन मरभुमी नारायणले गरेका हुन । पर्व नजिकिदा धेरै नेपालीहरु विदेशीएको अवस्थामा यो गीतले धेरै आर्कषण गरेका गीतका सर्जक गैरेले बताए ।

गीतमा खासगरी नेपालीहरु परदेशीनु पर्ने बाध्यता र परदेशीदाको पीडालाई भिडियोमार्फत देखाउन खोजिएको पनि गैरेले बताए ।

भिडियो:

 

तपाईको प्रतिक्रिया