काठमाडाैं। टी-२० विश्वकप एशिया छनोटको फाइनलमा हिले नेपाल  ओमानसँग प्रतिस्पर्धामा छ । आगामी वर्ष अमेरिका र वेष्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुन लागेको टी-२० विश्वकप खेल्न एशिया क्षेत्रबाट छनोट भएका यी दुवै टोली उपाधिका लागि भिड्न लागेका हुन् ।

नेपालको आफ्नै मैदानमा भइरहेको छनोट खेलबाट आयोजक नेपाल र पाहुना टोली ओमान विश्वकप खेल्न छानिएका हुन् । ११ बजे किर्तिपुरस्थित टियु मैदानमा सुरू खेलमा  खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर ओमानलाई बलिङको निम्तो दिएका हुन् ।  समूह चरणमा एकै समूहमा रहेका नेपाल र ओमानबीच जारी प्रतियोगितामै भएको खेलमा नेपाल ५ रनले पराजित भएको थियो ।

नेपाल र ओमान सहित युएइ, मलेसिया, सिंगापुर, हङहङ, कुवेत र बहराइन सहभागी रहेको छनोट खेलको फाइनलमा पुग्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । अब आजको खेल जित्दै विजेता बनेर विश्वकप खेल्न जाने लक्ष्य दुवै टोलीको छ ।

टी-२० विश्वकप खेल्ने २० टोलीहरु मध्ये १८ टोलीको छनोट भइसकेका छन् भने यसै महिना भित्र अफ्रिका क्षेत्रबाट छानिने बाँकी दुई टोलीको पनि टुङ्गो लाग्नेछ । टी-२० विश्वकप क्रिकेट प्रतियोगिता सन् २०२४ को जुनमा आयोजना हुदैछ ।

तपाईको प्रतिक्रिया