प्रविधिको प्रयोगले किसानलाई सहज

तानसेन । पछिल्लो समय गाउँमा खेती गर्नका लागि युवा शक्तीको कमीले समस्या उत्पन्न बनाएको छ । पहाडि जिल्ला पाल्पामा पनि खेती गर्नका लागि युवा नहुँदा बाली लगाउन र स्याहार गर्न समस्या बढ्दै आएको छ ।

यसैबीच प्रविधिको प्रयोगबाट भने बाली लगाउन र भित्र्याउन सहज भएको किसानले बताएका छन् । केही वर्षअघिसम्म धान पराल थनक्याउन मानव जनशक्तिकै प्रयोग गर्दै आएकोमा अहिले प्रविधिको प्रयोगले सहज बनेको हो ।

गाउँमा युवशक्ति नभएको समयका कृषि प्रविधिको प्रयोगले सुविधा पुगेको उनीहरुको भनाइ छ । सरकारले कृषि क्षेत्रमा लगानी बढाइ रहेका बेला जनशक्तिको पूर्तीका लागि साथै प्रविधिको प्रयोगले गर्दा लगानीसमेत घटाएको किसानको भनुभव छ ।

पछिल्लो समय धान काट्न, धान र पराल छुट्याउन र थन्क्याउन कृषि प्रविधिको प्रयोग बढ्दा किसान उत्साहित भएका छन् । धान काट्ने मेसिन, थ्रेसर, ट्याक्टर धान पराल स्याहार्नका लागि प्रयोग बढ्दै गएको हो ।

कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन तीनै तहका सरकारले अनुदान समेत दिएका छन् । कृषिमा प्रविधिको प्रयोग बढेसंगै लागत घटेको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताइन् ।

तपाईको प्रतिक्रिया