
तानसेन। इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्नो बिरामी सदस्यलाई आर्थिक सहयोग गरेको छ । संस्थाको बर्तुङ्ग शाखाले तानसेन नगरपालिका वडा नं. ७ पक्लुवाकी बिरामी सदस्य अञ्जु कुमाललाई नगत दश हजार आर्थिक सहयोग गरेको हो ।
लामो समयदेखि रक्तचापको बिरामी कुमालको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको संस्थाले जनाएको छ । संस्थामार्फत आर्थिक कारोबार गर्दै आएकी उनलाई आर्थिक अवस्था कमजोर भएको हुँदा उपचारमा सहयोग होस भनेर आर्थिक सहयोग गरेको ईन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालयका अनुगमन अधिकृत कुशल खनालले बताए।
शाखाका प्रमुख अजय मिश्रले सदस्य स्वस्थ रहे संस्थासंगको कारोबार पनि स्वस्थ रहने भन्दै सदस्यलाई अप्ठेरो परेको बेला सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व भएको बताए।
सानोपिपल इन्फिनिटी महिला समुहकी कोषाध्यक्ष आशा विश्वकर्माले संस्थाले आफ्ना सदस्यको दुःखमा साथ दिनु खुसीको कुरा भएको भन्दै संस्थालाई धन्यवाद व्यक्त गरिन्।