पाल्पामा पनि मनाइयो पृथ्वी जयन्ती

तानसेन । पाल्पामा ३०२ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस तानसेनमा मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले आयोजना गरेको दिवसको कार्यक्रममा जिज्जामा क्रियाशील सबै रानीतिक दलको सहभागिता रहेको हो।

सो अवसरमा त्रिभुवन बहुमुखी क्याम्पसका उप–प्राध्यापक महेन्द्र पन्थीले राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानको बारेमा चर्चा गरे। उनले शाहले चालेको एकीकरण अभियानको बारेमा चर्चा गर्दै उनका दिव्य उपदेशहरु अहिले पनि सान्र्दभिक रहेको बताए । यस्तै शाहले चालेका कदमका कारण अर्थनीति समय सापेक्ष रहेको, भष्ट्रचार विरुद्धको अभियानमा घुस लिने दिने दुबै राष्ट्रका शत्रु हुन् भनेर दिएका उपदेश अहिलेको अवस्थामा कार्यान्वय हुन सके देश विकास छिटो हुने उनको भनाइ थियो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य नारायण कोइराला, लुम्बिनी प्रदेश सदस्य खेमबहादुर सारु, जिल्ला अध्यक्ष डुलबहादुर कुवँरलगायतले पृथ्वीनारायण शाहलाई देश तथा राष्ट्र निर्माताको रुपमा सबैले मान्ने कुरा राख्दै उनका उपदेशलाई राज्यले कार्यान्वयन गर्नुपर्ने बताए ।

पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा भएको कार्यक्रममा जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाजका क्रियाशील व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको