पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पाल्पा। नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितलेको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । निगमले आजराति १२ बजेपछि लागु हुने गरी साविकको मूल्यमा १ रुपैयाँ घटाएको हो ।

नयाँ मूल्यअनुसार  पेट्रोलको प्रतिलिटर १६६ रुपैयाँ  तथा  डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ कायम भएको छ ।

मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १५३ रुपैयाँ कायम भएको छ । यस्तै सुर्खेत र दाङसहितका क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६५ र डिजल तथा मट्टितेल १५५ कायम भएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको