पूर्वबाट भित्रियो यस वर्षको मनसुन

काठमाडाैं। यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागबाट मा भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भएपनि यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको पूर्वी भू-भागबाट अन्य भू-भागमा क्रमिक रुपमा मनसुन सर्दै जाने महाशाखाले  जनाएकाे छ । यस वर्ष मनसुनमा गत वर्षभन्दा देशका अधिकांश स्थानमा बढी पानी पर्ने पनि महाखाको अनुमान छ ।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । हाल भित्रिएकाे मनसुन त्रफमस पश्चिमतर्फ सर्दै जाने महाशाखाले जनाएकाे छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको