रानीमहल जोखिममा

तानसेन। निरन्तरको झरीका कारण कालीगण्डकीको सतह बढेपछि एतिहासिक र पर्यटकीय स्थल पाल्पाको रानीमहल दरबार जोखिममा परेको छ । कालीगण्डकी किनारमा रहेको रानीमहल दरबारको तल्लो भागमा विगतका वर्षदेखि नै कालीगण्डकीले कटान गरेकोमा हाल नदीको बहाब बढेपछि थप जोखिम भएको हो ।

यस्तै अर्कोतिर खहरे खोला उर्लेर आउँदा सो क्षेत्रमा रहेका अस्थायी संरचना डुबानमा परेका छ्न। कालीगण्डकी र खहरे खोलालाई तटबन्ध गरेर दरबार र अन्य संरचना वर्षेनी हुने क्षति कम गर्न स्थानीय तहले चासो नदिएको गुनासो स्थानीयवासीले गरेका छ्न।

रानीमहल दरबार प्रेमील जोडिका लागि राम्रो गन्तव्य मानिदै आएको छ ।यस्तै खड्ग शमशेरले आफ्नी रानीको सम्झनामा बनाएको दरबारको हेरचाह हाल तानसेन नगरपालिकाले गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया