विपद्‌बाट ८० जनाको मृत्यु, दुई हजार ७६४ परिवार विस्थापित

पाल्पा। नेपालमा मनसुन भित्रिएको २८ जेठयता बाढी, पहिरोलगायतका विपद्‌मा परी ८० जनाको मृत्यु भएको छ । मंगलबारसम्म प्राकृतिक विपद्‌मा परी ५ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै विपद्का कारण हालसम्म ९७ जना घाइते भएका छन् ।

मनसुनी विपद्बाट दुई हजार ७६४ घरपरिवार विस्थापित भएको मन्त्रालयले जनाएको छ । बाढीको कारण हालसम्म १६१ घर डुबानमा परेका छन् ।

१३८ वटा घर, ५४ वटा गोठ, ४१ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यो अवधिमा ३८४ वटा पशु चौपायाको पनि मृत्यु भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया