पाल्पामा वर्षे धान लगाउने क्षेत्रफल बढ्यो

तानसेन। पाल्पामा यो वर्ष धान लगाउने क्षेत्रफल बढेको छ । किसानले उन्नत जातको बीउको प्रयोग र प्रविधिको प्रयोग बढाएसंगै धान खेती गर्ने क्षेत्रफल बढेको हो।

गत वर्ष सात हजार ६४० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाएका यहँँका किसानले यो वर्ष सात हजार आठ सय २८ हेक्टर क्षेत्रफलमा धान लगाएका छन् । यो २.४० प्रतिशतले बढी हो ।

अन्य खेती गर्न छाडेर खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेपनि यो वर्ष धान लगाउने क्षेत्रफल बढेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए।

पाल्पामा ३६ हजार ५६७ हेक्टर खेती गरिएको जमिनमध्ये आठ हजार २४० हेक्टर भू भागमा वर्षे धान खेती हुने क्षेत्रफल मानिन्छ । जिल्लाकै अन्नभण्डार मानिने माडीफाँटसंगै, कचल अर्गली, पीपलडाँडा, दोभान, रामपुर, झडेवालगयतका फाँटसंगै टारी खेतमा पनि वर्षे धान खेती हुँदै आएको छ ।

ढिलो पानी परेपनि असारको दोसा्रो साता याता निरन्तर पानी परेका कारण आकासे पानीको भरमा वर्षे धान लगाउने किसानलेसमेत सहज तरिकाले रोपाइँ सकेको बताएका छन् । यो वर्ष ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया