कैलाशनगरमा तीन तले कच्ची घर भत्कियो

तानसेन। पाल्पा सदरमुकाम तानसेनमा वर्षाका कारण एउटा घर भत्किएको छ । तानसेन नगरपालिका वडा ५ कैशालनगरका मनबहादुर लाकौलको तीन तले घर भत्किएको हो। शनिबार राति परेको पानी घरभित्र पसेपछि आइतबार दिउँसो घर भत्किएको हो।

कम्तिमा नौ जनाको परिवार बस्दै आएको उक्त घरमा दिउँसोको समयमा भत्किएको हुँदा मानविय क्षति भने नभएको स्थानीय अर्जुन कार्कीले जानकारी दिए।

भूकम्पबाट सामान्य क्षति पुगेको घर मर्मत गरी बस्दै आएको भएपनि पानी घरभित्र छिरेपछि घर भत्किएको थियो । घरमा कोही भएको बेलामा घर भत्किएपनि मालसमानमा भने क्षति पुगेको छ ।

सडक क्षेउकै घरको एकपाखो भत्किएपछि परिवारका सबै सदस्य छिमेकीको घरमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया