
तानसेन। चाडपर्व नजिएसंगै पाल्पामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, सामुदायिक प्रहरी सेवा, यातयाता व्यवसायी कम्पनीहरुको संयुक्त पहलमा यात्रु सहायता कक्ष स्थानपा भएको हो।
चाडपर्व नजिकिदै जाँदा सदरमुकाम भित्रिने र सदरुमकामबाट विभिन्न स्थानमा जाने यात्रुको संख्या बढ्ने हुँदा सो समयमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षमार्फत सेवा उपलब्ध गराउने लक्ष्य रहेको राखिएको छ। पर्वका बेला यात्रुलाई सहज र सुरक्षित रुपमा गन्तव्यमा पु¥याउने लक्ष्यका साथ कक्षको सरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए।
जिल्लाका राजमार्ग क्षेत्रमा केन्द्रित गरेर तानसेनको बसपार्क, बरतुङ्ग, रामपुर र दोभानमा यात्रु सहायता कक्ष संचालन गरिएको छ । यस्तै सबै प्रहरी चौकीहरुमा पनि यात्रु सहयोग कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यात्रु सहायता कक्षको सुभारम्भ गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले यात्रुको चाहाना अनुसार समयमै सुरक्षित गन्तव्यको लागि कक्षमार्फत सहयोग गरिने बताए । उनले पर्वका बेला ओभरलोड, मनपरी भाडा, चोरी र मानसामान हराउने जस्ता समस्या देखा पर्ने हुँदा यात्रु पनि सचेत हुने र यस्ता समस्या भएमा सहयोगका लागि सहायता कक्षमार्फत सहयोग गरिने बताए। यात्रुको चाप रहने समयमा नियम विपरित कार्य गर्नेलाई कारबाही गर्ने काम गर्न पनि प्रजिअ काफ्लेले सबैलाई निर्देशन दिएका छन् ।
तानसेन नगरपालिका ६ का वडाध्यक्ष सागरमान महर्जनले पर्वका बेला यात्रु ठगिने र विभिन्न सास्ती खेप्नुपर्ने अवस्थालाई यात्रु सहायता कक्षले सहयोग गर्ने बताए ।उनले पछिल्ला वर्षमा सुरु गरिएको पर्व लक्षित सहायता केन्द्रको प्रभावकारिता बढ्दो रहेको बतउादै यात्रालाई सहज र सुरक्षित बनाउन सवै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
पाल्पाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने र सवारी दुर्घटना न्यूनिकरणलगायतको क्षेत्रमा काम गर्ने गरी यात्रु सहायता कक्षको सुरु गरिएको बताउँदै क्षमता भन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारी साधन नहाक्न, यात्रुमैत्री व्यवहार गर्न समेत व्यवसायीहरुलाई आग्रह गरे।
श्रीनगर यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष डिलबहादुर ढुंगानाले यात्रु सहायता कक्ष नियमित रुपमा चल्नुपर्ने बताए।
नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले सवारीसाधनमा मापदण्ड अनुसार तोकिएको सिटको प्रयोगमा ध्यान दिनुपर्ने बताउादै यात्राका क्रममा यात्रुले कुनै बहानामा सास्ती नपाउनेगरी सेवा प्रवाह गर्न यातायात व्यवासायी र प्रहरीलाई आग्रह गरे।
कार्यक्रममा नागरिक ट्राफिक प्रहरीका रुपमा आफूलाई चिनाउनुभएका टोपप्रसाद श्रेष्ठले तयार गरेको दुर्घटना न्यूनीकरणका लागि आवश्यक ट्राफिक सचेतनामूलक जानकारी व्यवसायी किरण चित्रकारले बाचन गरेर सुनाएका थिए ।
सहायता कक्षबाट बिहान ६ बजेदेखि साझ ७ बजेसम्म सेवा प्रवाह हुनेछ ।