दशैंकाे अवसरमा ‘चङ्गा चैट’

तानसेन। रोट्याक्ट क्लव अफ पाल्पा तानसेनले विजया दशमीको अवसरमा शुभकामना आदान प्रदानसहित चङ्गा चैट कार्यक्रम सम्पन्न गरेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि तानसेनस्थित बतासे डाडाँमा सो कार्यक्रम गरिएको हो।

पुरानो सस्कृति नयाँ पुस्तालाई सिकाउन र मनोरञ्जनका लागि पनि यो कार्यक्रम गर्दै आइएको संस्थाका अध्यक्ष बालकृष्ण बस्यालले बताए । उनले हरेक वर्ष गरिने यो कार्यक्रमले क्लवका सदस्यहरुबीच एकता र सामूहिक कार्यको सिकाई तथा पुरानो स्स्कृतिको संरक्षणका लागि टेवा पुग्ने गरी कार्यहरु गरिदै आएको बताए। अध्यक्ष बस्यालले आगामी वर्षहरुम चङ्गा बनाउने र उडाउने तरिका सिकाउने कार्यक्रम पनि राख्ने योजना रहेको बताए।

क्लवका पूर्व अध्यक्ष मुनेश रत्न गुभाजुले पछिल्लो समयका बालबालिका तथा युवा पुस्ताहरु सामाजिक संजालमा भुलिरहेका बेला उनीहरुलाई संस्कृतिको महत्व बुझाउनुको साथै संस्कृति संरक्षणको लागि टेवा पुगोस् भनेर क्लवले एक दशक भन्दा अघिेदखि नै यो खालको कार्यक्रमलाई निरन्तरता दिइएको बताए।

क्लवसंगै श्रीनगर रेडक्रम सर्कलका युवाहरुको सहभागितामा भएको कार्यक्रम क्लवका सचिव अनुजा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको