पाल्पा । रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर २१ र २२ गते रैनादेवी छहरा गाउँपालिका वडा ५ स्थित कटौजेपानी खेल मैदानमा ‘दोश्रो सुन्तला महोत्सव–२०८१’ हुने भएको छ ।
यस महोत्सवसम्बन्धी छलफल कार्यक्रम रिब्दीकोट गाउँपालिकामा सम्पन्न भएको हो । कार्यक्रममा रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराई, उपाध्यक्ष युगराज थापा र रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की र उपाध्यक्ष कान्ता अधिकारी लगायत दुवै पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षता भएको हो ।
कार्यक्रममा महोत्सवलाई व्यवस्थित रूपमा संचालन गर्न रैनादेवी छहरा गाउँपालिका अध्यक्ष भट्टराईको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । सुन्तला महोत्सवले क्षेत्रीय उत्पादनको प्रवर्द्धन गर्नाका साथै पर्यटन र स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।