सोमर आधारभूत विद्यालय, रिब्दीकोट गाउँपालिका –८, सोमहरका लागि एक लाख रुपैयाँको अक्षय कोष स्थापना

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका ७ डबका चम्लाय, हाल बुटवल कालिकानगरको होराइजन चोक निवासी स्वर्गीय हुम बहादुर कुँवर र स्वर्गीय ईश्वरी कुँवरको स्मृतिमा उनकाा जेष्ठ सुपुत्र दान बहादुर कुँवर र उनकी धर्मपत्नी भगवती कुँवरले सोमर आधारभूत विद्यालय, रिब्दीकोट गाउँपालिका –८, सोमहरका लागि एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

यो कोष विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि प्रयोग हुने विद्यालयका प्रधानाध्यापक सागर नेपालले बताए । विद्यालय परिवारले कुँवर दम्पतीप्रति आभार प्रकट गर्दै उहाँहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गरेको प्रधानाध्यापक नेपालले बताए । यस किसिमका सहयोगले विद्यालय मात्र नभई सम्पूर्ण समाजलाई सकारात्मक प्रेरणा प्रदान गर्ने पूर्व वडाध्यक्ष नारायण लम्टांगेले बताए ।

यो योगदानले विद्यालयको विकासका लागि नयाँ आयाम थप्ने र विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा योगदान पु¥याउने अपेक्षा गरिएको जनाएको छ । विद्यालय परिवारले भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यहरूले शिक्षा र सामाजिक सेवामा योगदान पु¥याउने आशा व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया