पाल्पामा फोर्स गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

तानसेन। पाल्पामा फोर्स गाडीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं.११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको प्रहरीले जनाएको छ।

बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट घाइते भएकी गहतराजको उपचारका लागि अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

तानसेन-रिडी सडक खण्डकाे सामाकोटमा हिडिरहेको अवस्थामा गाडीले  ठक्कर दिएपछि  गहतराजलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको थियो ।

ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया