२०६४ पछि अहिले पुन : पार्टी निर्माण गर्न मौका आयो-माओवादी सचिव बलदेव

पाल्पा । नेकपा माओवादी केन्द्रको केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चाज चक्रपाणी खनाल बलदेवले माओवादी केन्द्र २०६४ पछि अहिले पुन : पार्टी निर्माण गर्न मौका आएको बताएका छन् । पार्टीलाई कसरी अगाडि बढाउने विषयमा कार्यकर्ता र नेतृत्व बिच छलफल भैरहेकोले पार्टीलाई २०६४ कै अवस्थामा बलियो गरी निर्माण गर्न खोजिएको नेता खनालले बताए ।

नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटीको  तेस्रो अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथी खनालल मिटर व्याज पिडितको लागि माओवादी केन्द्रले आवाज उठाएको र भ्रष्टाचारीलाई कानुनी दायरमा ल्याउन सफल भएको बताए । प्रचण्ड सरकारमा हुँदा भुटानी शरणार्थी, गिरिवन्धु जस्ता फाइल खोलेकाले सरकार नै परिवर्तन भएको बताउँदै अहिलेको सरकारले भ्रष्टाचारलाई सरंक्षण गरेको र विकास निर्माण सुस्त गतिमा आएको आरोप खनालको छ ।

पार्टीले दुईचरणमा कार्यक्रम गर्ने तयारी अघि बढाएको बताउँदै पहिलो चरणमा फागुनबाट हुलाकी मार्ग मधेश लक्षित गरी आमसभा नगर टोल सभा कार्यक्रम गर्न र दोस्रो चैत्रमा पहाडी लोकमार्ग पहाडी लक्षित तीव्र रुपमा कार्यक्रम गरी महाधिवेशन गर्ने तयारी भैरहेको खनालले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्य अनिलकिशोर घिमिरेले अहिलेको सरकार भ्रष्टाचारमा मुछिएको आरोप लगाए । उनले माओवादी जनताको वलिदानबाट गणतन्त्र निर्माण भएको र जनताको भावना अनुसार माओवादी केन्द्र अगाडि बढेको बताए ।

माओवादी केन्द्र पाल्पा जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य नेत्रप्रसाद पाण्डेले आगामी चुनावमा बहुमत साथ विजय गराउन सबै माओवादी एकजुट हुनुपर्ने बताए । माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य पुरन केसीले मिसन ८४ मा बहुमत साथ विजय गराउन गाउँ गाउँमा जनताको माझ जानुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र प्रदेश सचिवालयका सचिव यज्ञ पोखरेलले समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता माओवादी केन्द्रको नेतृत्वमा भएको दावी गरे । नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य कमलराज भट्टराईले रामपुर क्षेत्रमा सुरुवातमा सिमित व्यक्तिहरुको सहभागितामा कार्यक्रम भए पनि माओवादीको विचार र सिद्धान्तमा क्रमश जनता जोडिदै गएको बताए । उनले सक्रिय भएर संगठन निर्माण गरे पार्टी अझै बलियो हुने बताए । नेकपा माओवादी केन्द्र पाल्पाका जिल्ला संयोजक राजेन्द्र विकले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन सबै नारिकलाई आग्रह गरेका थियो ।

नेकपा माओवादी केन्द्र अधिवेशन रामपुर नगर कमिटीका अध्यक्ष यम बहादुर सुनारको अध्यक्षता र उपाध्यक्ष लक्ष्मीदेवी ढकालको स्वागतबाट सुरु भएको थियो । सचिव पिताम्बर भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया