पाल्पामा यात्रुबहाक जिप दुर्घटना एक जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते

पाल्पा- पाल्पामा यात्रुबहाज जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ३ वैघाकी १७ वर्षीया एलिजा सारु रहेको स्थानीय रमेश न्यौपानेले जानकारी दिए। सारुको जिपले च्यापिएर ज्यान गएको न्यौपानेले बताए।

आइतबार बेलुका तानसेनबाट भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली ४ को बेलडाँडा भन्ने स्थानमा ब्रेक फेल भई दुर्घटना भएको हो ।

ब्रके फेल भएको गाडी उकालोमा माथि जाने बेला सडकमै पल्टिएको थियो । ब्रेक फेल भएको गाडी सडकमा पल्टिदा अन्य ५ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको टाउँकोेमा चोट लागेका कारण अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सबै घाइतेलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासका उपचारका लागि पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान हुन बाकी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया