कोटिहोम महायज्ञमा विभिन्न चरणको र्याली हुने

पाल्पा। पोखरा महानगरपालिका वडा नं १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार प्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन मानवसेवा फाउण्डेशनले यहि बैशाख ११ गतेदेखि विभिन्न चरणका र्यालीहरु गर्ने भएको छ । यसैबीच पहिलो दिन बैशाख ११ गते साइकल र्याली हुने भएको छ।

बिरौटा कोटीहोम स्थलबाट शुरु भएको साईकल र्याली ड्यामसाईड—लेकसाइड हुँदै हल्लनचोक—जिरोकिलोमिटर—मालेपाटन—बाग्लुङ्ग बस पार्क हुँदै बिन्दवासिनी मन्दिर—भैरवटोल—नालामुख—तेश्रापट्टी हुँदै महेन्दपुल—चिप्लेढुङ्गा हुदै न्यूरोड—सभागृहचोक हुँदै पृथ्वीचोक—नागढुङ्गा—पुरानो एयरपोर्ट तथा पार्दी हुँदै पुन कोटीहोम स्थल विरौटामा गइ समापन हुने मानवसेवा फाउण्डेशनले जनाएको छ।

स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धनका लागि साइकल र्यालीले महत्वपूर्ण सन्देश प्रवाह गर्ने, साइक्लिङका माध्यमबाट इन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधैँ चुस्त राख्न र यसका माध्यमबाट पोखरा भ्रमण वर्ष २०२५ को विकासमा टेवा पुर्याउन साइकल र्याली फलदायी हुने महायज्ञका संकल्पकर्ता विजय कृष्ण मुर्ति महाराजले बताए। उनले सम्पूर्ण पोखरेली बासीहरुलाई उक्त साइकल र्यालीमा सहाभागीताको लागी हार्दिक निमन्त्रणा गर्दै अनुरोध समेत गरेका छन् ।

मानसेवा फाउण्डेशनले यही बैशाख १२ गते मोटसाइकल र्याली, बैशाख १३ गते ट्याक्सी र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली गर्दै बैशाख १६ गते बृहत कशलयात्रा समेत गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया