कांग्रेस सभापति देउवा महाधिवेशनमा नजाने

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्। सभापति देउवाको सचिवालयले दिएको जानकारी अनुसार उनले वि‍शेष महाधिवेशन‍मा आफू सहभागी नहुने बताएका हुन्।

सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको सचिवालयले जनाएको छ। कांग्रेस विशेष महाधिवेशनको उद्घाटनमा बोल्ने वक्ताहरूले सभापति देउवालाई बन्द सत्रमा उपस्थित हुन आग्रह गरेका थिए।

काँग्रेस विशेष महाधिवेशन पक्षको आयोजनामा सुरु भएको महाधिवेशनमा आज बन्द सत्र सुरु हुँदैछ । भृकुटीमण्डपको हलभित्र बन्द सत्रका लागि तयारी पूरा भएको छ । बन्दसत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि ९ वटा समूह निर्माण गरेर चारवटा विषयमाथि नीति मन्थन हुनेछ।

चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत छलफल हुने बताइएको छ। नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ। नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको