रिब्दीकोटमा सांसद थापालाई स्वागत तथा सम्मान

पाल्पा । पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य डा. माधव थापालाई रिब्दीकोट गाउँपालिकामा स्वागत तथा सम्मान गरिएको छ। रिब्दीकोट गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रसाशकीय अधिकृत सुरेश भुसाल, गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले थापालाई स्वागत तथा सम्मान गरेका हुन् ।

स्वागत गर्दै अध्यक्ष कार्कीले आफ्नै पालिकमाबाट विजयी भएका थापालाई पालिका र समग्र पाल्पाली मर्म अनुसार काम गर्नका लागि अनुरोध गरे।

सांसद थापाले गाउँपालिकाको विभिन्न क्षेत्रको अध्ययन तथा अनुगमन गर्दै जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित जनप्रतिनिधि र कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए ।

स्वागत तथा सम्मानका लागि धन्यवाद दिदै सांसद थापाले आफू रिब्दीकोट गाउँपालिका वडा नं. ७ को बासिन्दा भएकाले गाउँपालिकाको समग्र विकासमा निरन्तर समय र सहयोग दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको