कालीगण्डकी नदीमा डुबेर एक जनाको मृत्यु, एक बेपत्ता

पाल्पा। पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बिहीबार बेलुका अन्दाजी सधब ५ बजेको समयमा बगनासकाली गाउँपालिका–६ शिखरडाँडा बस्ने २४ वर्षीय पुजन गाहा र सोही स्थानका १४ वर्षीय शिशिर गाहा नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेका हुन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार स्थानीय बासिन्दाको सहयोगमा खोजतलास गर्ने क्रममा १४ वर्षीय गाहाको शव मृत अवस्थामा फेला पारेको हो ।

स्थानीय बासिन्दासहित प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले अर्का बेपत्ता युवकको खोजी कार्य तीव्र रूपमा भइरहेको पाल्पा प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको