‘बगनासे साँचो-प्रर्वधनको खाँचो’

तानसेन। केही दशक अघिसम्म पाल्पासंगै छिमेकी जिल्लाहरुमा समेत निर्यात हुँदै आएको बगनासे साचो निर्माणको पुस्ता हस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । हालते निर्माण गरिदै आएको पुरानो र निकै बलियो मानिने बगनासो साचो निर्माणमा खर्च धेरै लाग्ने हुँदा आयातित साचोसंग प्रतिस्पर्धा गर्न नसक्दा लोप हुने अवस्थामा पुगेको हो । स्थानीय स्तरमा पालपको बगनासमा बनाइने हुँदा यस्लाई बगनासे साँचो भनिएको हो ।

कुनै बेला चोरी डकैतीको विगविगीको समयमा पनि घरमा बगनासे साचो लगाएपछि ढुक्क हुने पाल्पा सहित पश्चिम नेपालका गाउँघरमा अहिले बगनासे साचो देख्न पाइनै छाडेको छ । पछिल्लो समयमा आयातित साचोको प्रयोग बढेसंगै यो साचो लोप हुँदै गएको हो । आधुनिक साचोसंग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि पेचवाला बगनासे साँचो निर्माण गर्ने उद्योग नै विस्थापित हुने अवस्थामा पुगेका छन् ।

हाल बगनासकाली गाउँपालिका वडा नं. ९ बगनास गाउँमा एक जनाले मात्र निर्माण गर्दै आएको यो बगनासे साचेको उद्योगको स्तरउन्नती हुन नसकेपछि लोप हुन लागेको छ । साचो बनाउन युवा पुस्ताले साचो नदिएपछि यो पेशाको पुस्ता हस्तान्तण हुन कसकेको हो। उसो त उत्पादन लागत समेत धेरै लाग्ने हुँदा यसतर्फ युवा पुस्ताको ध्यान पुग्न नसकेको पाइएको छ ।

स्थनीय सरकारले तालिम तथा पर्वधनका कार्यक्रम गर्दा समेत यस्तो खालको साँचो बनाउने नयाँ जनशक्ति उत्पादन हुन नसकेको पाइएको छ । ग्रील उद्योग संचालन गर्दै आएका स्थानीय शिव विश्वकर्माका अनुसार यस्ता सामग्री हातले बनाउने भन्दा उद्योगका रुपमा संचालन गर्नुपर्ने र जसका लागि स्थानीय तहले पहल गर्न जरुरी रहेको बताए ।


साचो र चाबी निकै बलियो मानिने बगनासो साचो वि.स. २०१२ सालदेखि व्यक्तिगत लगानीमा सुरु भएको थियो । गाउँपालिकाले बगनासे ताल्चा प्रवद्र्धनका लागि स्थानीयस्तरमा निःशुल्क रुपमा ताल्चा वितरण गरेको छ । यस्तै केही सरकारी र व्यक्तिको घरमा समेत यो ताल्चाको प्रयोग गर्न थालिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीको भनाइ छ ।

स्थानीय नागरिकमा भएको सीपको प्रयोबाट उत्पादन गर्न सकिने बलियो र भरपर्दो बगनासे ताल्चा क्रमिक रुपमा गाउँपालिकाका सबै घर, कार्यालयसंगै जिल्लाका विभिन्न कार्यालयसहित छिमेकी पालिकाहरुमा समेत प्रयोग गर्ने वातावरण तयार गरिने अध्यक्ष चिदीको भनाइ छ ।

गाउँपालिकाले साँचोको प्रचार प्रसार र विक्री वितरण बढाउन स्थानीय व्यवसायीलाई आवश्यक प्रविधि ग्रेण्डर, वेल्डिङ मेसिन, घनलगायतका सामग्री उपलब्ध गराउदै आएको छ । यस्तै उत्पादन भएको ताल्चा विक्री वितरणका लागि बजारीकरणमा सहजीकरण गर्ने समेत गाउँपालिकाले जनाएको छ ।


घरको ढोका, बाकस, दराजलगायतमा लगाइने साँचो बजारमा पाइने अन्य ताल्चाको तुलनामा बगनासे ताल्चा बलियो मानिन्छ । यो आधुनिक ताल्चा भन्दा केही ठूलो आकारको हुन्छ । यसको मूल्य आठ सय रुपैँयादेखि सुरु हुने स्थानीय व्यवसायीले बताएका छन् ।

हालसम्म स्थानीय आरनहरुमा फलाम तताएर, पाइन, स्वाग र पित्तलको मिश्रणबाट स्थानीय औजारको प्रयोग गरी बगनासे ताल्चा बनाइन्छ । स्थानीय आरनमा फलाम तताएर पिटेपछि निश्चित आकारमा ताल्चा बनाइने स्थानीय व्यवसायी खुमबहादुर विश्वकर्माले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको