पहिरो पन्छाएपछि सुचारु भयो तानसेन-बुटवल खण्ड

तानसेन। बुधबार बिहान सुख्खा पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन- बुटवल सडक खण्ड सुचारु भएको छ । उक्त राजमार्गको तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्ग नजिकै पहिरो खस्दा पूर्णरूपमा अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सुचारु भएको हो ।

सुरुङमार्ग आयोजनाको पहलमा पहिरो खस्न रोक्किएपछि सवारी सुचारु गरिएको हो । बिहान साढे सात बजेतिर पहिरो खसेपछि दुवैतर्फ सवारी आवागमन बन्द रहेकोमा पहिरो पन्छाएर सवारी आवागमन सुरु भएको सुरुङमार्ग आयोजनाका इन्जिनियर दिलिप भट्टराईले जानकारी दिए ।

बिहानैदेखि निरन्तर सुख्खा पहिरो खसेपछि पहिरो पन्छाउन समस्या हुँदै आएको थियो ।

पहिरो पन्छाएपछि बिहानैदेखि रोक्किएका सवारी र यात्रुहरु गन्तव्यमा लागेका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको