रामपुर। रामपुरमा यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारका विषयमा सरोकारवालासंग अन्तरक्रिया भएको छ । साहसी कदम नेपालको आयोजना, रामपुर नगरपालिका र टेवा नेपालको आर्थिक सहयोगमा शुक्रबार कार्यक्रम भएको हो ।
यौनिक तथा अल्पसंख्यक समुदायमा काम गर्ने अभियान्ता, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीविच अन्तक्रिया भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले यौनिक तथा अल्पसंख्यक समुदायको लागि राज्यले नीतिगत व्यवस्था गरे पनि कार्यान्वयनको पाटो फितलो रहेको बताएका छन् । कार्यान्वयन पक्ष कमजोर हुँदा समाजमा खुलेर हिड्न चुनौति रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले स्थानीय तहको सिमित स्रोत र साधनका विच पनि यौनिक तथा अल्पसंख्यक समुदायको हितका लागि नीतिगत व्यवस्थासहित कार्यान्वयनका लागि बजेट र कार्यक्रमको व्यवस्था गरेको बताइन । नगर भित्र रहेका यौनिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चतताका लागि नगर सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नगरपालिका भित्र पनि यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरु रहे पनि खुल्न नचाहेको उल्लेख गरिन
उपप्रमुख थापाले समाजको डरले गर्दा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति खुल्न नचाहेको बताउँदै यस समुदायको उत्थान र सहज रुपमा खुलेर जिउने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताइन ।
कार्यक्रममा सहासी कदम नेपालका केन्द्रिय सदस्य इन्द्रा देवि सारुले तीनै तहका सरकारले यौनिक अल्पसंख्यक समुदायका लागि उचित व्यवस्था र अधिकार दिन नसकेको गुनासो गरे।
परिवारबाट पनि अपहेलित भएर टाढिनु पर्ने बाध्यता रहेको भन्दै यौनिक अल्पसंख्यकका लागि सरकारले फरक नीतिगत व्यवस्था सहित कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको बताए।
कार्यक्रममा यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियन्ता भूमिका श्रेष्ठले यौनिक अल्पसंख्यक समुदायका मानिस अन्य भन्दा फरक नभई पृथक भएको बताए। उनले समाजको फरक दृष्टिकोण र गलत बुझाइका कारण अपहेलनाको सिकार बन्नु परेको बताए।
सहासी कदम नेपालका प्रबन्ध निर्देशक रेश्मा न्यौपानेले पृथक स्वभाव र शारीरिक बनावटका कारण परिवारबाट अलग भएर बस्नु पर्ने बाध्यता रहेको र जुनसुकै स्थानमा स्विकार नगर्नु आफुहरुको लागि विडम्बना भएको बताए। उनले महिला पुरुष जस्तै यौनिक तथा अल्पसंख्यक पनि सन्तान सरह नै मान्नु पर्ने बताउँदै हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्नेमा जोड दिए।
कार्यक्रम संयोजक सुरज थापाले रामपुर नगर भित्र पनि यौनिक तथा अल्पसंख्यक समुदाय भन्न नसक्ने र खुल्न नचाहने धेरै रहेको जानकारी दिए।
सहासी कदम नेपालका केन्द्रिय सदस्य इन्द्रा देवि सारुको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सहासी दम नेपालका केन्द्रिय सदस्य रेश्मा न्यौपानेले गरे ।
नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।





















