मत माग्दै घरदैलोमा पाल्पा-२ का उम्मेदवार श्रेष्ठ

पाल्पा । नेपाली काङ्ग्रेँस पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार हिमालदत्त श्रेष्ठ मत माग्दै घरदैलोमा जुटेका छन् । आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै जाँदा श्रेष्ठ मतदाता भेट्दै मत माग्न जुटेका हुन् ।

घरदैलोमा पुगेका उम्मेद्वार श्रेष्ठले प्रतिनिधिसभा सदस्य बनेर जनताको सेवाको भावलाई उच्च प्राथमिकताका साथ काम गर्ने संकल्प गरेका बताए ।

उमेदवार श्रेष्ठले अहिले माथागढीको चिदिपानी, बगनासकालीको चापपानी, चिर्तुङ्गघारा लगायतका स्थानमा घरदैलो गर्दै आएको बताएका छन् । मतदाताले आफ्नो पक्षमा मत दिएर विजयी बनाउने उनको दावी रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको