तानसेन। उद्योगपति विनोद चौधरीको सीजी सिमेन्ट उद्योग अवैध रुपमा संचालन गरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकास्थित सर्देवामा संचालित उद्योगले धुलो, धुवा र ध्वनी प्रदूषण फैलाएपछि मागसहित ज्ञापनपत्र बुझाएको स्थानीयले बताएका छन् । विगतमा भएका सहमति कार्यान्वय नभएपछि सो क्षेत्रमा बसोबास गर्दै आएका दुई सय ५० बढी परिवारले समस्या झेल्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको संघर्ष समितिका संयोजक पदमपानी पोखरेलले बताए ।

प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय
गाउँमै बस्न नसक्ने अवस्था आएपछि सदरमुकामस्थित प्रमुख जिल्ला अधिकारी कार्यालयमा हार गुहार माग्न आएको उनले बताए। स्थानीयको स्वास्थ्य, शिक्षा, दैनिकीमा प्रतिकुल असर पर्नुका साथै प्रदूषणका कारण गाईवस्तुलाई समेत समस्या देखिएपछि स्थानीय प्रशासनसंग समस्या समाधानको पहलका लागि माग गरेको उनले बताए ।
स्थानीय केशव पोखरेलले सिमेन्ट उद्योगले विगतमा गरेका सहमति कार्यान्वय नगरेको तथा स्थानीयले बेर्होदै आएको सास्तीप्रति सीजी सिमेन्ट उद्योग, प्रशासन, राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि कोही पनि गम्भीर नबनेको आरोप लगाए।
‘हामीले सबै राजनीतिक दलका उम्मेदवार, गाउँपालिका सबैलाई हाम्रो समस्या राखिएको छ,’ धुलोधूँवाबाट पीडित भएका अर्का स्थानीय सोभाकान्त पोखरेलले भने, ठूलाबडाले जे गरे पनि हुने रहेछ । मर्ने गरिब जनता नै हो रहेछ ।’ हामीले धुलो धुवाका कारण औषधि खानुपर्ने अवस्था आयो, श्वास फेर्न समेत समस्या छ। केमिकलसहितको धुलो र धुवा खाएर कति समय बस्ने ?”
ज्ञापन पत्र बुझेपछि नियमानुसार समस्या समाधानको पहल गर्ने पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले बताएकी छन् । तर, स्थानीयले भने, प्रसाशनबाट तीन दिनभित्र ठोस पहल नभएर थप आन्दोलनका कार्यक्रम गर्दे बताएका छन् ।
सन् २०११ मा पाल्पाको सोमादी सर्देवामा खुलेको सीजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालि (सीजी पाल्पा) खुलेको हो । उद्योगपति विनोद चौधरीको सीजी ग्रुपअन्तर्गतको यो कम्पनीले बर्सेनि २ हजार ९५० टन प्रतिदिन क्लिंकर उत्पादन क्षमताको छ ।
यो कारखाना २०२३ सेप्टेम्बरबाट पूर्णतः सञ्चालनमा ल्याएको छ । १ हजार टन प्रतिदिन ग्राइन्डिङ गर्न सक्ने कारखाना पनि सञ्चालन गर्ने प्रक्रियामा छ । स्थानीय बासिन्दा भने यही कम्पनीकै कारण धुलोधूँवाबाट पीडित बन्दै आएको गुनासो गरेका छन् ।
के के विषय छन् ज्ञापनपत्रमा ,





