विकासका अधुरा काम एमालेले पूरा गर्छ : ठाकुर प्रसाद गैरे

तानसेन। नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले स्थानीय विकासका लागि एमालेले सुरु गरेका योजनाहरूलाई तार्किक निष्कर्षमा पु¥याउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । चुनावी घरदैलो अभियानका क्रममा तिनाउ गाउँपालिकाको वडा नं. २ दोभान र वडा नं. ३ को ज्यामिरे पुगेका उममेद्वार गैरेले स्थानीयवासीसँगको छलफलमा सो कुरा बताएका हुन् ।

मतदाताका गुनासा र सुझाव सुन्दै गैरेले भने, “पाल्पाको विकास र समृद्धिका लागि नेकपा एमालेले स्पष्ट खाकासहित काम गरिरहेको छ । विगतमा सुरु भएका सडक, खानेपानी र पूर्वाधारका अधुरा कामहरू पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”

उम्मेद्वार गैरेले तिनाउ क्षेत्रको मुख्य समस्याको रूपमा रहेको सिद्धार्थ राजमार्गको स्तरोन्नति, दोभान–ज्यामिरे क्षेत्रका भित्री सडकहरूको ग्राभेल तथा कालोपत्रे र स्थानीय कृषि उत्पादनको बजारीकरणलाई आफूले विशेष प्राथमिकतामा राखेको उल्लेख गरे।

घरदैलोका क्रममा स्थानीयले शिक्षा, स्वास्थ्य र सिँचाइको असुविधा र दोभानमा बढ्दो सहरीकरणसँगै शहरी व्यवस्थापनको माग राखेका थिए । जवाफमा उम्मेदवार गैरेले एमालेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य स्थानीय स्तरबाटै कार्यान्वयन हुने विश्वास दिलाएका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको