अमर नारायण मन्दिरको छाना भत्कियो

तानसेन। पाल्पाको तानसेनमा रहेको अमर नारायण मन्दिरको छाना भत्किएको छ ।

बुधबार दिउँसो मन्दिरको दुइतर्फको छाना भत्किएको हो । मन्दिरको दास्रो तलाको छानाको भाग अचानक खसेको स्थानीयले बताएका छन् ।

ऐतिहासिक, पूरातात्कि र धार्मिक महत्तव बोकेको यो मन्दिरको जीर्ण भएकोले भत्किएको हुन सक्ने स्थानीयले आाशंका गरेका छन् ।

लामो समयदेखि मर्मत सम्बहार हुन नसकेको कारण मन्दिर कमजोर अवस्थामा रहेको स्थानीयको भनाई छ।

करिब २१५ वर्षअघि अमरसिंह थापाले निर्माण गरेको यो मन्दिरको केही वर्ष अघि वल्ड बैंकको सहयोगमा पुरातत्व विभागबाट पुननिर्माण गर्ने भनिए पनि काम हुन नसक्दा मन्दिर जीर्ण बन्दै गएको स्थानीयको भनाई छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको