दोहोरीगीत प्रतिष्ठान पाल्पाकी अध्यक्ष विष्ट तानसेन –६ को वडा सदस्यमा विजयी

पाल्पा । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा पाल्पाका अध्यक्ष रेखा विष्ट वडा सदस्यमा विजयी भएकी छिन् । तानसेन नगरपालिका –६ निवासी विष्ट सोही वडाको वडासदस्यमा विजयी भएकी हुन् ।

गठबन्धनको तर्फवाट खुल्ला वडा सदस्यमा उमेदवारी दिएकी विष्ट विजयी भएकी हुन् । रेखाले आफू वडा सदस्यमा विजयी भएसँगै आफूलाई भोट दिने वडावासीहरुप्रति आभार व्यक्त गरेकी छिन् ।

उनले जनताले दर्शाएको विश्वासलाई सम्मान गर्दै गाउँ टोल नगरका समाजको विकास र रुपान्तरणका लागी सक्रिय रुपमा काम गर्ने बताएकी छिन् ।

वडा नं. ६ मा गठबन्धनका उम्मेद्वारको प्यानल नै विजयी भएको हो । उक्त वडाको अध्यक्षमा सागरमान महर्जन दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer