महान दलित प्रतिभा झुपडीमा हराईरहेका छन्ः अध्यक्ष पहाडी
स्याङ्जा । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडीले दलित समुदायबाट जन्मेका महान प्रतिभाहरु झुपडीमा हराईरहेको बताएका छन् ।
स्याङ्जाको गल्याङ बजारमा शनिवार आयोजित प्रथम ऐतिहासिक राष्ट्रिय दलित पत्रकार संघ नेपालको शाखा स्याङ्जाको भेलालाई सम्बोधन गर्दै पहाडीले ती महान प्रतिभाहरुको कथा व्याथा, क्षमता, जोस जाँथगरहरुका बारेमा समाचार नलेखिँदा र सफलताका कथा नबन्दा होनाहोर प्रतिभा पलायन हुनुपरेको दुखेसो पोखे ।
दलित आन्दोलनका जुझारु नेताको प्रतिभालाई राष्...









