
एजेन्सी । यदि तपाईले अपडेट नगरिएको विन्डो प्रयोग गरिरहनु भएको छ भने ध्यान दिनुहोस अनि अपडेट गरेर सावधानी अपनाई हाल्नुुहोस् । अमेरिकाको राष्ट्रिय सुरक्षा सम्बन्धी एक महत्वपूर्ण निकाय नेशनल सेक्युरिटी एजेन्सी९एनएसए०’ले माइक्रोसफ्ट विन्डोजको पुराना भर्सनहरूमाथि साइबर आक्रमण हुनसक्ने चेतावनी दिएको छ ।
माइक्रोसफ्टले विन्डोजका पुराना भर्सनहरूमा मालवेयर भनिने खराब सफ्टवेयरको आक्रमण हुनसक्ने हुदा साबधानी अपनाउनु पर्ने अमेरिकी अधिकारीहरुले बताएका छन् । एनएसएले पुराना भर्सनका विन्डोजहरूमा ‘ब्लूकिप’ नाम दिइएको कमजोरी रहेको एक विज्ञप्तिमा जनाएको छ । विन्डोज ७ वा सोभन्दा अगाडीका भर्सन चलाउने सबै प्रयोगकर्ताहरूले तुरुन्तै अपडेट गगर्नुपर्ने छ ।
ब्लूकिप कमजोरीका कारण कम्प्युटरहरूमा डाउनलोडमार्फत वा आक्रमणमार्फत असर गर्नसक्ने छ । त्यो कमजोरीका कारण बाहिरी मानिसले कम्प्युटरमाथि टाढैबाट नियन्त्रण गर्न सक्नेछन । माइक्रोसफ्टका अनुसार विन्डोज अपडेट गरेर ती आक्रमणहरूबाट बच्न सकिन्छ ।