पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पा शाखा पूर्व अध्यक्ष भगवान भण्डारी राष्ट्रिय समाचार समितिको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ्ले एक कार्यक्रमाका बिच भण्डारीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेका हुन् ।

पाल्पा समाचारपत्रका प्रधान सम्पादक समेत रहेका भण्डारी विगत २५ वर्षदेखि पत्रकारिता र मानवअधिकारको क्षेत्रमा सक्रिय रहदै आएका छन ।

नवनियुक्त भण्डारीले अब अन्य क्षेत्रमा जस्तो राससमा पनि देखिने गरि केही परिर्वतन ल्याने पक्षमा काम गर्ने समेत जनाएका छन् ।

बगनासकाली गाउँपालिका–५, दर्लमडाँडा निवासी भण्डारी चार वर्षका लागि सदस्यमा मनोनयन भएका हुन् ।

तपाईको प्रतिक्रिया