भैरवनवदिप माविमा किशोरीलाई महिनाबारी हुँदा सेनेटरी प्याड उपहार

भुवन रायमाझी
पाल्पा । रैनादेवी छहरा गाउँपालिका–४ छहरास्थित भैरव नवदिप माध्यमिक विद्यालयले किशोरीलाई महिनाबारीका बेला सेनेटरी प्याड उपहार प्रदान गर्न थालेको छ ।

महिनाबारी हुँदा किशोरीहरुलाई शारीरिक तथा सामाजिक कारण उपस्थिति हुन नसक्दा समस्या खेपेका थिए । महिनाबारी भएपछि सेनेटरी प्याडको प्रयोगका कारण नियमित रुपमा विद्यालय उपस्थित हुँदा नियमित रुपमा विद्यालयमा अध्ययन गर्न पाउने छन् ।

रैनादेवी छहरा गाउँपालिकाको ८० हजार आर्थिक सहयोगमा विद्यालयले किशोरी विद्यार्थी केन्द्रीत कार्यक्रम ल्याएको हो । जसका कारण छात्राहरु नियमिति विद्यालय उपस्थिति भई अध्ययन गर्न पाउन थालेपछि उनीहरु खुसी छन् ।

गाउँपालिकाकी उपाध्यक्ष चेतना थापाले महिनाबारीका बेला विद्यालयमा रहेको मेसिनबाट प्याड निकालेर प्रयोग गर्न सकिने बताइन । उपप्रमुख थापाले महिलाहरुको प्राकृतिक हिसाबले महिनाबारी हुने चलन रहेपनि त्यस्तो अवस्थामाम छोइछिटो गर्ने गलत परम्पराको अन्त्य गर्नुपर्ने बताइन ।

अझै पनि चेतनाको अभावमा महिलाहरुलाई हेर्ने दृष्टिकोण गलत रहेकोले महिलाहरुलाई महिनाबारीका बेला परिवारको सहयोग खाँचो हुने थापाले बताइन । विद्यालय स्तरबाट गलत परम्परागत सोच हटाउन सबैको सहयोग र शिक्षाको खाँचो रहेको थापाको दावी छ ।

विद्यालयमा करिव ८५० बिद्यार्थी रहेका छन् । कक्षा छ देखि माथिका विद्यार्थीहरुलाई सौचालयमा रहेको सेनेटरी मेसिनबाट सिधै प्याड प्रयोग गर्ने व्यवस्था रहेको बिद्यालयका प्रअ झलक रायमाझीले बताए ।

गाउँपालिकाका प्रबक्ता बिष्णु पोखरेल कार्यपालिकाका सदस्य मिना रायमाझी, लक्ष्मण हिताङ बिद्यालयका शिक्षक स्टाप र बिद्यार्थीहरुका बीच औपचारिक हिसावले सेनेटरी प्याड निकाल्न मिल्ने मेसिन को सूरुवात भएको थियो ।

तपाईको प्रतिक्रिया