महान दलित प्रतिभा झुपडीमा हराईरहेका छन्ः अध्यक्ष पहाडी

स्याङ्जा । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष विनोद पहाडीले दलित समुदायबाट जन्मेका महान प्रतिभाहरु झुपडीमा हराईरहेको बताएका छन् ।

स्याङ्जाको गल्याङ बजारमा शनिवार आयोजित प्रथम ऐतिहासिक राष्ट्रिय दलित पत्रकार संघ नेपालको शाखा स्याङ्जाको भेलालाई सम्बोधन गर्दै पहाडीले ती महान प्रतिभाहरुको कथा व्याथा, क्षमता, जोस जाँथगरहरुका बारेमा समाचार नलेखिँदा र सफलताका कथा नबन्दा होनाहोर प्रतिभा पलायन हुनुपरेको दुखेसो पोखे ।

दलित आन्दोलनका जुझारु नेताको प्रतिभालाई राष्ट्रिय तथा अन्तराष्ट्रियककरण गर्नका लागि राष्ट्रिय दलित पत्रकार संघ नेपालको स्थापाना भएका बताए ।

प्रकास सपुत, राजु परियार, यस कुमार, शिव परियार, तुल्सी घिमिरे, पुजा चन, निरुता सिंह, सपना श्री लगाएतका धेरै प्रतिभा अझैपनि हराईरहेको उनको तर्क छ ।

उनले राज्यले र समाजले उनीहरुको प्रतिभा टिकाउन कोसिस नगरेको आरोप लगाए ।

‘पहाडीले अरु समुदायका क्षमता नभएका पनि यहि क्षेत्रमा रमाईरहेका छन्, समाजले टिकाउन कोसिस गरिरहेको छ ।’ उनले भने, ‘हामीले उनीहरुको सम्मान गरेनौँ, कसरी बाँचिरहेका छन् खोजेनौँ ।’

कार्यक्रममा गल्याङ नगरपालिकाका भुपराज अधिकारी, जिल्ला समन्वन समिति स्याङ्जाका सदस्य धनमाया विश्वकर्मा, बरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष गोपाल बराईली, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकास शर्मा, भुमि सम्वन्धी समस्या समाधान स्याङ्जाका विज्ञ दिपक विश्वकर्मा, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ प्रसाद अर्याल, दलित पत्रकार संघ नेपाल लुम्बीनी प्रदेश कोषाध्यक्ष कृष्ण दर्नाल, दलित पत्रकार संघ नेपाल शाखा पाल्पाका अध्यक्ष तथा नेपाल पत्रकार संघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, दलित मुक्ति संगठन स्याङ्जाका संयोजक तिलकराम विश्वकर्मा, विश्व हिन्दू महा संघ गण्डकी प्रदेश उपाध्यक्ष लक्ष्मण भट्टराई, नेपाल उत्पीडित दलित समाज विकास समिति गल्याङका अध्यक्ष कुल बहादुर विश्वकर्मा, साझा युवा संगठन स्याङ्जाका अध्यक्ष सुमन भट्टराई लगायतले बोलेका थिए ।

स्याङ्जाको गल्याङ बजारमा सनिवार आयोजित प्रथम ऐतिहासिक राष्ट्रिय दलित पत्रकार संघ नेपालको शाखा स्याङ्जाको भेलाले अध्यक्षमा नारायण विश्वकर्मा, उपाध्यक्षमा पुर्णिमा परियार, सचिवमा प्रकास सुनार, सह–सचिवमा सिता परियार, कोषाध्यक्षमा सुदिप थापा (विश्वकर्मा) सदस्यमा मोहन सुनार, विनोद घतानी, प्रदिप विश्वकर्मा, र विक्रम परियार निर्वाचित भएका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको शाखा स्याङ्जाको अध्यक्षमा नारायण विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश समिति सदस्य कामना सुनारले र सञ्चालन सचिव प्रकास सुनारले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया