मजदुरी, केयर वर्क र संघर्ष चिर्दै न्याय सम्पादनसम्म : सीता कुमालको प्रेरणादायी यात्रा
पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका–१, ख्याहामा जन्मिएकी सीता कुमाल आज सोही वडाकी निर्वाचित महिला जनप्रतिनिधि हुन्। २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएपछि उनी हाल रिब्दीकोट गाउँपालिकाको न्यायिक समितिको सदस्यका रूपमा कार्यरत छिन्। स्थानीय विवाद समाधान, न्याय सम्पादन, विकास योजनाको अनुगमन र जनतासँग प्रत्यक्ष संवाद—यी सबै जिम्मेवारीमा उनी सक्रिय देखिन्छिन्।
तर, यो पहिचान सहज यात्राबाट बनेको होइन। आर्थिक अभाव, ज्याला मजदुरी, न्यून तलबमा अध्यापन, मातृत्व, अदृश्य के...










