बार्यन म्यूनिखले जित्यो जर्मन कप

जर्मन, जेठ १२ । गत शनिबार बुण्डेस लिगाको उपाधि जितेको बार्यन म्यूनिखले यस शनिबार दोश्रो घरेलु कपमा पनि कब्जा जमाएको छ। म्यूनिखले जर्मन कप फुटबलको उपाधि जित्दै दुई घरेलु कपमा कब्जा जमाएको हो।

उसले शनिबार राति भएको खेलमा आरबी लेइप्जिगलाई ३–० ले हराउँदै उपाधि जितेको हो । हिजोको खेलमा २९ औं मिनेटमा किङ्गस्ली कोम्यानको गोलमा म्यूनिखले अग्रता लिन सुरू गरेको थियो।

त्यसपछि १-० मा पहिलो हाफ सकिएको खेलमा बार्यन म्यूनिखले दुबै गोल खेलको दोश्रो हाफमा गर्यो। म्यूनिखले दोश्रो गोल खेलको ७८ औं मिनेटमा गरेको थियो भने तेश?रो गोल ८५ औं मिनेटमा गरेको थियो। ती दुबै गोल रोबर्ट लेवान्डोस्कीले गरेका थिए।

१९ औँ पटक जर्मन कपको उपाधि जितेको बार्यनले १२ औँ दोहोरो घरेलु उपाधि हो । एजेन्सी

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer