मौरीपालन व्यवसायबाट मनग्य आम्दानी

पाल्पा ; पाल्पाको पूर्वखोला गाउँपालिका जल्पास्थित मुढेखर्कमा किसानले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । मौरीको घारबाट नै वार्षिक तीन लाखसम्म आम्दानी गर्न सफल भएको किसानहरु बताउँछन् । स्थानीय स्तरमा उत्पादित मह बेचेर परिवारका लागि चाहिने खर्च टरेको बताउँछन् उनीको भनाई।

मुढेखर्कमा दयाराम पाण्डेयले काठलाई खोलेर एउटा घारबाट शुरु गरेको मौरीपालन व्यवसायबाट अहिले दुईचार रुपैयाँ पैसाका लागि अरुको घरमा पुग्नुपदैन । मौरीपालन व्यवसायबाट नै वार्षिक तीन लाखको हाराहारीमा मह बेचेर आम्दानी हुने उनले बताए । एक तले माटाको सानो घर भएपनि चारैतिरमा मौरीका घारले घेरिएका छन् । परम्परागत काठका घार मात्र १८÷२० छन् । मौरीका घारमा सबैमा मौरीले रस हालेको पाण्डेयको भनाई छ ।

पाच जनाको परिवारका लागि सबै खर्च महले जुटाएपछि पाण्डेय परिवार खुसी छन् । एक सिजनमा मौरीको ४० मानासम्म रस निकालिएको पाण्डेले बताए । मुढेखर्कका दामोदर अधिकारीको छ घारमा रहेको मौरीबाट वार्षिक ५० हजारदेखि एक लाखसम्म आम्दानी हुन्छ । मौरीले रस हाल्ने समय चैत, जेष्ठ, असार, साउन, कार्तिक, मंसिर रहेका छन् । असोजदेखि मंसिर हप्तामा मह निकाल्न सकिने व्यवसायीहरुको भनाई छ । मह निकाल्दा किरा राखिन्छ । मह मात्र निकाल्ने चलन रहेको छ । घारमा मौरीका लागि पनि रस सहितको चाका राख्दा मौरीलाई पनि रस ल्याउन नसकेको अवस्थामा आहारा हुने अधिकारीको दावी छ ।

मौरीका लागि आहाराको व्यवस्थापन गर्नुपर्दैन् । जंगलमा फुलेपछि मौरीले रस ल्याउँछन् । तोरी, दालचिनी, चिउरी लगायतका फलफुल फुलेपछि मौरीले मह हाल्ने गर्दछन । मौरीलाई रातिमा वन्यजन्तुबाट जोगाउनुपर्छ र दिनमा किरा तथा अरिंगालबाट जोगाउन सकेको अवस्थामा राम्रो आम्दानी हुने स्थानीयबासिन्दा डोलराज विश्वकर्माको भनाई छ ।

आधुनिक मौरीका घारमा मौरी पालन गर्ने चलन बढ्दो छ । पाण्डेय परिवारले परम्परागत काठ खोलेर मौरीका लागि बाँसस्थान बनाएका छन् । परम्परागत घारमा भित्री भागमा खाली र दायाँ बायाँ बन्द हुन्छ । बन्द गरिएको भागबाट मात्र महका चाका निकाल्न सजिलो हुन्छ । चाका निकालेपछि सो भाग बन्द गरिन्छ । सामान्य हावापानीबाट जोगाउनका लागि गोबरमाटोले लिपिएको छ ।

काठको भित्री भागमा खाली रहेकोले मौरी र चाका लगाउन सजिलो हुने गर्छ । मौरीलाई मह ल्याएका बेला भित्र पस्नका लागि कुहिरहन नपर्ने गरी आवतजावतको व्यवस्था मिलाइएको छ । घारको बीच भाग प्वाल बनाई आवतजावत गर्दा मौरी लाइन बस्नुपर्ने र घारमा बस्दा मौरीले ल्याएको रस घारमा क्षति हुँदो रहेछ । त्यसका कारण मुख्य प्वालदेखि दायाँ बायाँ पनि मौरीहरु बाहिर निस्कनका लागि प्वाल बनाइएको हो । मौरीले ल्याएको रस खेर जान नदिनका लागि प्वाल बनाइएको व्यवसायीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer