
पाल्पा;पाल्पा, गुल्मी र स्याङजा जिल्लाको संगमस्थल रिडीस्थित कालीगण्डकी नदीमा माछा जाल थाप्दा प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका १४ का सुनिल थापा, मन्जिल खाम्चा, अन्जान थापा रहेको छन् । इलाका प्रहरी कार्यालय रिडीका प्रमुख राधेश्याम सिहका अनुसार माछा मार्ने क्रममा माछा मार्ने सामाग्री सहित प्रहरीले नियन्त्रणमा लिएको हो । तीन जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा थप अनुसन्धानका लागि पठाएको छ । कालीगण्डकी नदीमा माछा मार्न मनाही गरिएपनि लुकीछिपी माछा मार्न रोकिएको छैन ।