पाल्पा । पाल्पाको हार्थोक–बतासे, मैदिया सडक फराकिलो बन्दै गएको छ । सडक विस्तारले यात्रा गर्ने समय छोटिएको छ । सडक साघुरो हुँदा यातायातका साधन सञ्चालनमा समस्या हटेको छ । साँघुरो र अप्ठारो सडकमा हटेको छ । तर, सडकमा धुलो समस्या झनै चालक, यात्रु तथा स्थानीयबासिन्दाले समस्या खेपेको छ । सडक फराकिलो दुघटना कम हुनेछ, समयमा गन्तव्य पुग्न पाइने स्थानीयबासिन्ताको भनाई छ ।
जोखिमले मोलेर यात्रा गर्न बाध्यता हटेको चालकहरुको भनाई छ । तीन मिटर चौडा रहेको सडकका कारण दुर्घटना खतरा बढेका बेला अहिले ८ मिटर सडक चौडा भएपछि यात्रा सहज भएको चालकहरु दावी छ ।

रिब्दीकोट गाउँपालिका क्षेत्र भित्रको हार्थोक, कुसुमखोला, बतासे लगायतका स्थानबाट ८ मिटर चौडा गर्ने कार्य अघि बढेपछि सवारीधनीदेखि चालक सम्म खुसी छन् । पालुङमैनादीका चालक गणेश ठडराईले अप्ठारा घुम्ती हटाएपछि यातायातका साधन सञ्चालनमा सहजता आएको र जोखिम कम भएको बताए ।पश्चिम पाल्पादेखि जिल्ला सदरमुकाम तानसेन आवतजावत गर्ने प्रमुख सडक फराकिलो बनाउन कामले स्थानीयबासिन्दा, चालक तथा यात्रुमा समेत उत्साह ल्याएको छ ।

समयमा गन्तव्यमा पुग्न र सुरक्षित रुपमा यात्रा गर्न पाउने भएपछि सवै खुसी बनेको स्थानीयबासिन्दा नवीन ओलीले बताए । हार्थोक–बतासे छहरा सडक विस २०२४ सालमा सामान्य सडक विस्तार भएको थियो । त्यसयता सडकमा ओटासियल गर्ने काम भएपनि फराकिलो बनाउने काम हुन सकेको थिएन । वर्षौदेखिको यो अलपत्र योजना अहिले पुरा भएको छ ।

रिब्दीकोट गाउँपालिका क्षेत्र भित्र रहेको हार्थोक देखि मैदियासम्म करिब आठ किलोमिटर सडकको थप ५ मिटर चौडा गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले बताए । पाल्पा तानसेन, हार्थोक, बतासे, छहरा, हुदै अर्घाखाँची जिल्लाको सन्धीखर्क जोडने पाल्पाको प्रमुख सडक रहेको छ ।

पाल्पाको हार्थोक देखि मैदियाँसम्म ३ मिटर रहेको सडकलाई थप ५ मिटर विस्तार गरी ८ मिटर फराकिलो बनाउन थालेपछि यातायातका साधन सञ्चालनमा समस्या हटेको हो । पाल्पा निर्वाचन क्षेत्र २ का संघीय साँसद सोम प्रसाद पाण्डेयको निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको ५० लाख आर्थिक सहयोग र रिब्दीकोट गाउँपालिकाको व्यवस्थापनमा सडक हार्थोक बतासे, बतासे मैदियासम्मको सडक चौडा गर्ने कामले पश्चिम पाल्पाको आवतजावतमा सहजता ल्याएको हो ।

सडक विस्तारको ८० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष जीसीको दावी छ । गाउँपालिकाले सडक विस्तारका लागि सर्वपक्षीय बैठक बसेर काम अगाडि बढाएपछि करिब एक महिनामा ८० प्रतिशत काम सम्पन्न गर्न सफल भएको हो । बाँकी काम छिटो सक्ने गरी अघि बढेको छ ।
८ किलोमिटर सडक निर्माणका लागि गाउँपालिकाले उपभोक्ता, गाउँपालिकाको निगरानीका कारण काम छिटो भएको हो । गाउँपालिकाले निर्माण व्यवसायीसँग जिल्लादररेट अनुसार नै काम गर्न सल्लाह गरेअनुरुप काम भएको छ ।

रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिका र अर्घाखाँची जिल्ला जाने मुख्य सडक फराकिलो बनाउन थालिएपछि यस क्षेत्रमा सञ्चालित यातायताका साधनलाई चलाउन सजिलो भएको छ । हार्थोक देखि बतासे मैदियासम्म विभिन्न सात ठाउँबाट बाटो फराकिलो बनाउन काम अन्तिम चरणमा पुगेको हो । हार्थोक छहरा सडक २०२४ सालमा जनश्रमदानबाट सुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया