काठमाडौं। शनिबार शिक्षामन्त्री सस्मित पोखरेल सहभागी एक कार्यक्रमबाट उनलाई लखेटियो भन्ने विषय समाजिक सञ्जालमा भाइरल भएको छ । फेसबुक पोस्ट र केही भिडियोका क्लिपहरु केही घण्टामै भाइरल भएका हुन् ।
शनिबार सिरहाको औरही नगरपालिकामा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन केन्द्रित कार्यक्रम चल्दै थियो ।
मन्त्री पोखरेल प्रमुख अतिथि थिए । निर्धारित समय भन्दा ढिलो उपस्थित भएका मन्त्री पोखरेल बोल्न थालेपछि विवाद सुरु भयो । पाठ्यक्रम विकास केन्द्रको आयोजना गरेको उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक र विद्यार्थीले लगायत सरोकारवालाहरूले आ-आफ्नो सुझाव राखिसकेपछि औरही नगरपालिका मेयर शिवजी यादवले बोलेका थिए। त्यसपछि बोल्ने वक्तामा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतो नाम रहेको थियो। तर, उनलाई बोल्न समय नदिई मन्त्रीलाई आग्रह गरिएपछि महतोले प्रश्न गरे मलाई बोल्न किन बोलाइएन। त्यसपछि होहल्ला बढ्यो ।
होहल्ला भएपछि मन्त्री पोखरेलले सम्बोधन छोट्याएर हलबाट बाहिरिएको रास्वपा निकट सासंदको भनाइ छ । उता सामाजिक सञ्जालमा भने उनलाई लखेटिएको विषय भ्रम फैलाउन गरिएको रास्वपाका सांसद शिव यादवको भनाइ छ ।
उता जिल्ला समन्वय समितिका सभापति महतोले कार्यक्रममा मन्त्री ढिलो आउँदा कार्यक्रम तालिका नै प्रभावित भएको आरोप लगाए।
‘तीन घण्टा अगाडि नै कार्यक्रमको सेडुल बनेको तर मन्त्री ढिला आएर वक्ताहरूलाई बोल्न नदिएर आफैं बोल्न थालेपछि विवाद भएको हो’- उनले भने ।






