धनुषाकी एक किशोरीलाई तीन महिनासम्म सामुहीक बलात्कार

काठमान्डौं । सामूहिक बलात्कारमा परेकी धनुषाकी एक किशोरीको स्वास्थ्य अवस्था चिन्ता जनक रहेको छ । बलात्कृत भएपछि मानसिक रुपमा डराएकी उनको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

गत फागुन ११ गतेबाट हराएकी ती किशोरीलाई तीन महिनासम्म सामुहीक बलात्कार भएको खुलासा भएको छ । सामुहीक बलात्कारकै कारण उनको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । बलात्कृत किशोरीको मुटुमा समेत समस्या रहेको जनकपुर अञ्चल अस्पतालले जनाएको छ । बलात्कृत धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने किशोरी आफ्नै घरमा रहेको बेृला उनकै चिनजानको एक जना युवकले बेहोसिको औषधी खुवाएर भारतको बिहार राज्यको मुज्जफरपुर पुर्याएका थियो ।

पीडित किशोरीका अनुसार बेहोसीको औषधी खुवाएपछि आँखामा कालोपट्टी हातखुट्टामा डोरी बाँधेर तीन चारजनाको समूहले मुज्जफरपुर पुर्याएका थिए । उनलाई मुज्जफरपुरमा तीन महिनासम्म बन्धक बनाएर लगातार बलात्कार गरियो । राम्ररी तीन महिनासम्म सुत्न समेत नपाएकी ती किशोरी होश आएलगत्तै बेहोसीको दवाई वा सुई लगाउनकालागि एक जना त्यहाँ हुन्थे ती किशोरीले बताइन् ।

पीडित किशोरी स्थानीय एक महिलाको सहयोगमा मुज्जफरपुरबाट भागेर जनकपुरधाम आउन सफल भएकी थिइन् । घटनामा संलग्न मध्ये कोही पनि पक्राउ पर्न नसकेको र घटनाको अनुसन्धान भईरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडलेले बताए ।

तपाईको प्रतिक्रिया