आमा ती आखाहरु हेरिरहन मन लाग्यो अनि त्यही गहिराइमा डुबेर बुझ्न मन लाग्यो तिम्ले मेरो सानो अंश तिम्रो शरिरमा पलाउदा झारेका आशुका कयौ खुसिका ढिकाहरु र त्यस्मै तिम्ले अड्याएका कयौ सपनाहरु, बालाइ खुसिको खबर सुनाउन हतारिएको तिम्रो मन, र बेलुका बा आउने बित्तिकै पिडिमा बसेर तरकारी केलाइरहेकी तिमिले जुरुक्क उठेर मुस्काउदै आफु दुइज्युकी भएको खबर सुनाउदा,
अनि बाले यो पाली त छोरै भैदिए हुन्थ्यो भन्दै टाउको कन्याउदा, तिमी पनि त्यही आसले दिनहरु बिताउन बाध्य भएकी थियौ, तिमिलाइ त के थाहा तीन दिदी पछिको म छोरा हुन्छु या छोरी, बाले हासेर या फेरि त्यही निन्याउरो भएर हिड्नेछ्न यो समाजभरी पारी गाउकी काकिले भन्दै थिइन सहरको ठूलो अस्पतालमा भित्र के छ भनेर जान्न पाइन्छ रे
अनि छोरी रैछ भनी फाल्न पाइन्छ रे त्यो कुरा सुनेर घर फर्किदै गर्दा तिमिले बाटोमा आफ्नो पेटलाइ सुम्सुम्याउदै मलाइ छोएकी थियौ अथाह प्रेमले स्पर्श गरेकी थियौ लाग्यो मेरि आमा मलाइ औधी माया गर्छिन त्यसैले त हरेक रात सुत्ने बेलामा आफ्नो हुर्किदै गरेको नानी सम्झेर ठेकिको थोरै घिउ चोरेर आफ्नो बेलुकाको नभरिएको पेट भर्छिन राती बा पनि त्यसै भन्छ्न,
आमा सहर जान सहमती जनाउछिन अस्पतालमा डाक्टर तिमिलाइ बच्चा ठूलो भैसकेकोले फाल्न नमिल्ने सल्लाह दिन्छिन उहीँ निरासामा घर फर्कि काम गर्दै गर्दा तिमिलाइ पेट दुख्न थालेछ सायद तिमी बसेको धर्तिमा मेरो जन्म हुन थालेछ १२ घण्टा तिमिले सहेपछी अनि कतिकति रगत बहेपछी लामी सास फेर्यौ तिमिले मेरो जन्म भएपछी मेरो रुवाइ सुनेर पुन त्यही ढिका झार्यौ तिमिले म छोरी भन्नी सुनेर समुन्द्रलाइ बगायौ
तिमिले सायद सम्झियौ होला बाले पहिला गरेको गाली, हजुराआमाले दिएको त्यो वचन, रोइरहेको मलाइ धेरै बेर हेरिरह्यौ र झस्किदै आफ्ना दसधारा दूध चुसाउन थाल्यौ अनि फेरि अर्को पटक हुन्छ भन्दै मन डुलाउन थाल्यौ हाम्लाइ फुलाउन आफ्नो शरीर सुकाइरह्यौ पटक-पटक एउटा शरीर दुइटा बनाइरह्यौ आफ्नो परिवेस सङ सधै सधै डराइरह्यौ एउटा भाइ जन्म्यो क्यारे,
औधि खुसी थियौ बाले पैसा जम्मा पारी छरछिमेक वरिपरि भोजै खुवाएका तर आमा त्यही तिम्ले भुइ छोडिदियौ बल्ल तल्ल तिम्रो मुहार खुसी देखेको थे रुन नसकेका आँखा, भक्कानिएको मन र झिनो शरीर लिएर सेतो कपडाले बेरेर सुतिरहेकी तिमी छेउ गएर भन्न मन लाग्यो “छोरा जन्मियो तर तिमी कहाँ गयौ आमा! सायद छोरालाइ तिमिले मृत्युकै लागि पर्खिएकी थियौ!!
– गंगा भट्टराई पाल्पा ।